Logo

मेघनाथ पहाडी

फाल्गुन २९, २०७७ शनिबार

देउवा र पौडेललाई राजनीतिबाट विश्राम लिन गगन थापाको आग्रह…


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर नभएको टिप्पणी गरेका छन्। नेता थापाले ओलीले मनपरी सरकार चलाएको आरोप लगाएका हुन् ।

ओलीले आफ्नो मनले चाहे अनुसार सरकार चलाएर नेपाली जनताको लागि केहि काम गर्न नसकेको थापाले आरोप लगाए । एक कार्यक्रममा बोल्दै थापाले काँग्रेसकै नेतृत्वमा सरकार बनाएर ‘अर्ली’ निर्वाचनमा जान सबैलाई आग्रह गरेका छन् ।

नेता थापाले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई राजनीतिवाट बिश्राम लिन आग्रह गरेका छन् । थापाले पार्टीको केहि पंतिका नेताहरुले बिश्राम लिएर युवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।