Logo

बागमती पेज

चैत्र ७, २०७७ शनिबार

बूढानीलकण्ठमा २५३ घरधुरी लाभान्वित हुने डिप बोरिङ निर्माणको थालनी


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा २५३ घरधुरी लाभान्वित हुने गरी डिप बोरिङ निर्माण कार्यको थालनी गरिएको छ ।

बूढानीलकण्ठमा-११ स्थित कपन गुम्बा उत्तरमा रहेको शिव मन्दिर मार्ग टोल सुधार समितिमा डिप बोरिङ निर्माण कार्यको शुरुवात गरिएको वडाध्यक्ष राजु अधिकारीले बताएका छन् ।

अध्यक्ष अधिकारीका अनुसार वडा कार्यालयको २० लाख रकमबाट करिव १५० मिटर खनिएको डिप बोरिङलाई आवस्यकता अनुसार विस्तार गरिने छ । वडाले खानेपानीको सुविधा उपलव्ध गराउने कामलाई पहिलो प्राथमिकताका साथ राखेको छ ।

शिव मन्दिर मार्ग टोल सुधार समिति आसपासका क्षेत्रमा बसोवास गर्दै आएका २५३ घरधुरी डिप बोरिङको पानीबाट लाभान्वित हुने वडा सदस्य विनोद तामाङले जानकारी गराएका छन् । उक्त खानेपानी आयोजना निर्माणको काम चैत्र ६ गते बाट शुरु गरिएको हो ।