Logo

मेघनाथ पहाडी

चैत्र २१, २०७७ शनिबार

विकासमा सडक निर्माणलाई विशेष जोड दिएका छौंः अध्यक्ष केसी


Nabin_KC_Design Final jpg

काठमाडौं । निर्वाचन पश्चात स्थानीय तहमा विकास निर्माणका कामले निकै फड्को मारेको छ । धेरै कामहरु भएका छन् । ति काम साना वा ठूला नै किन नहुन् ? स्थानीयले केही कुरामा विरोध गर्नु र घचघच्याउनु राम्रो हो । जसले हामी जनप्रतिनिधिहरुलाई काम गर्न थप सहज हुन्छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नविन केसी भन्छन्,  ‘चुनौती नै अवसर हो, हामीले यस्ता चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडी बढ्न आवश्यक छ ।’

वडाध्यक्ष केसीले सबै जनप्रतिनिधिको श्रम, लगाव र मिहिनेतका साथ अगाडी बढेर भएको श्रोत साधन परिचालन गर्दै सक्रिय रुपमा वडाको टीम निकै लागु परेर काम गर्दै आएको जनाएका छन् । जसमा स्थानीय निर्वाचन अघि वडामा मात्र नभएर सिङ्गो नगरका सडकहरु साँघुरा र अव्यवस्तिथ थिए । हाल आएर वडाले भौतिक पुर्वाधार विकास निर्माणमा पनि सडक विस्तारलाई प्राथमिकता दिएको छ ।

जसमा आफू निर्वाचित भएपश्चात विभिन्न किसिमका समस्याहरु समाधान गर्दै विशेष गरी सडकलाई प्राथमिकतामा राखेर मुख्य-सहायक र गोरेटो बाटो सम्मलाई स्थानीयको सहभागिताका आधारमा सम्भव भए सम्म विस्तार गर्दै गरेको छौं । उनले भने- ‘मुख्य विकास भनेकै पहिलो सडक सञ्जाल रहेछ त्यसकारण जनताको माग अनुसार सडकलाई विस्तार गर्न लागि परेका छौं ।’

भौतिक पूर्वाधार सम्बन्धि उल्लेखनीय प्रगति भएको छ । किनकी निर्वाचन अघि वडा भित्रका सडकको अवस्था निकै अव्यवस्थित, साना थिए । हाल मूख्य, साना र ठूला सडक देखि गोरेटा बाटालाई वडाको पहलमा ८ मिटर सम्मका बनाईएको छ । सिमित श्रोत साधन भएका कारण सके सम्म र मिले अनुसारका विकास निर्माणका काम गर्न बाँकी नराखेको अध्यक्ष केसी बताउँछन् ।

बैकल्पिक सडकको विकास गर्न बढि आवश्यकता रहेको भन्दै सके सम्मको प्रयासबाट एक नगरबाट अर्को नगर जोड्ने देखि लिएर भ्याली बाहिर जाने सम्मका सडकलाई प्राथमिकताकासाथ अगाडी बढाएका छौं । जसमा हात्तिगौंडा-विष्णुमतीको पुरानो बाटो र उपत्यकाकै एउटा मूख्य सडक टोखा नगरपालिका हुँदै रसुवा-नुवाकोट केरुङ सम्म पुग्ने सहज पहुँच भएको बाटोलाई हालै उपत्यका विकास प्राधिकरण मार्फत आएको बजेटलाई बेलैमा हाम्रो सकृयताले पीचको काम हुँने अन्तिम चरणमा पुगेको छ ।

वडाभित्रका धेरै सडकहरु ढलान भई सकेका र धेरै मूख्य सडकहरु कालोपत्रे तथा पीच गर्ने तयारी अवस्थामा रहेको समेत वडाध्यक्ष नविन केसीले बागमती पेजलाई जानकारी गराएका छन् । उनले भने मैले भन्ने गरेको छु जनप्रतिनिधि आउँनु भन्दा अगाडी र जनप्रतिनिधि आएपछि वडाले निकै मुहार फेरेको छ । धेरै विकास निर्माणका कामहरु भएका छन् । यसमा वडावासीहरुले पनि निकै विकास भएको महसुस गरेका छन् । वडावासी अझै विभिन्न किसिमका विकासका कामले तीव्र गति लिने आसमा छन्, सिमित श्रोत साधनका कारण वडावासीको अपेक्षा अनुसार काम गर्न हामी सकेका छैनौ ।

वडामा विकास निर्माणका विभिन्न कामहरु गर्न नगरपालिका, प्रदेश तथा संघिय सरकारबाट मात्र नभएर विभिन्न निकाएबाट निकै सहयोग भएको छ । प्रदेश सरकारबाट लुडेखोलामा एउटा पुल बन्ने भएको छ । वर्षाको समयमा धेरै समस्या खेप्दै आएका वडावासीलाई सोही पुल निर्माण पछि सहज हुने छ । पासिकोट-ईटालीटार अउनजानै समस्या हुँने हुँदा पुल निर्माणको काम सम्पन्न भएपछि वडाभित्र अवात-जावतमा निकै सहज हुने छ ।

गणेश चोक- न्यु कोलनी हुँदै पासीकोट जानेबाटो स्तरोन्ती गरेर कालोपत्रे तथा ढलान हुने अवस्थामा पुगको छ । त्यस्तै पासीकोट-कपुरचोक देखि वडा हुँदै बसुन्धारा सम्मको सडक समेत अन्तिम चरणमा पुगेको छ । खत्रीगाउँ शिवमन्दिर हुँदै ग्राण्डीजाने गोरेटो बाटोलाई ८ मिटरको सडकका रुपमा विस्तार गरेका छौं । जुन सडक हाल कालोपत्रे गर्ने अवस्थामा रहेको छ । बिष्णुमति फाटको बिच भागमा पर्ने सडकको बिस्तार पनि चाडै गरिने भएको छ । हात्तिगौंडा विष्णुमति सम्मको सडक कालोपत्रे गर्ने अन्तिम अवस्थामा रहेको छ ।

अध्यक्ष केसीका अनुसार सहायक बाटाहरु ईटालीटार हुँदै तल्लो पासीकोट जानेबाटो विस्तार हुने भएको छ । त्यस्तै च्यासिन्डोल-धापासी-ग्राण्डी जानेबाटो निर्माण गर्ने तयारी अवस्थामा रहेको छ । वडा भित्रका सम्पुणर् सहायक बाटाहरुलाई ढुङ्गा छाप्ने, ढलान, पीच, गर्ने लगायतका कामलाई तिब्ररुपमा अगाडी बढाईएको छ ।

वडामा भएका साना देखि महत्वपूर्ण सम्मका सडकलाई प्राथमिकताकासाथ निर्माण गरिने अध्यक्ष केसीको योजना रहेको छ । अन्तिम चरणमा पुगेका सडक निर्माणका कामले आगामी वर्षमा पुणर्ता पाउने छन् ।