Logo

बागमती पेज

चैत्र २३, २०७७ सोमबार

बूढानीलकण्ठका जेष्ठ नागरिकहरु धार्मिक भ्रमणमा


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१ का जेष्ठ नागरिकहरुलाई भ्रमणका लागि लगिएको छ । धार्मिक भ्रमणका लागि वडाभित्र रहेका विभिन्न जेष्ठ नागरिकहरुको टोली शनिबार वडाबाट प्रस्थान गरेको हो ।

बूढानीलकण्ठ -१ का वडाध्यक्ष सुरेन्द्र लामाका अनुसार वडाभित्रका २६ जना जेष्ठ नगरिकहरूलाई सि.जी धाम, देवघाट, लुम्बिनि लगायतका स्थानहरुमा घुमघाम तथा दर्शन गराउने कार्यक्रम रहेको छ ।

भ्रमणका लागि हालको परिस्थितिलाई ध्यानमा राख्दै मापदण्डको पालना गर्ने बताईएको छ । उक्त भ्रमणमा जेष्ठ नागरिकहरुका साथमा नगरपालिकाका दुई स्वास्थ्यकर्मी, दुईजना स्वयंसेविकाका समेत पठाइएको अध्यक्ष लामाले जनाएका छन् ।

तीन दिन दुई रातको भ्रमणमा रहने टोलीलाई स्वास्थ्यको मापदण्ड पूरा गर्दै आवश्यक मास्क, सेनेटाइजरका साथसाथै सफल यात्राका लागि खादा र गुलाबको फूलले बिदाई गरिएको थियो ।