Logo

बागमती पेज

चैत्र २५, २०७७ बुधबार

बूढानीलकण्ठमा खाना महोत्सव हुँदै


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ स्थित वृक्षालय रिसोर्टमा ग्यास्ट्रोनोमी टुरिजम एसोसियसनको आयोजनामा चैत्र २८ देखि वैशाख १ गतेसम्म खाना महोत्सव हुने भएको छ ।

वृक्षालय रिसोर्ट एण्ड कालिज फार्म र ग्यासट्रोनोमी टुरिजम एसोसियसन नेपालको संयुक्त आयोजनामा हुनलागेको खाना महोत्सवमा नेपालका सातै प्रदेशका विविधता झल्कने खालको खानाको साथै १२ देखि १५ प्रकारका खानाको स्वाद लिन पाईने व्यवस्था मिलाईएको ग्यास्ट्रोनोमिका अध्यक्ष सुरेशचन्द्र वस्नेतले जानकारी दिएका छन् ।

नेपालका पौराणिक र मौलिक खाद्य वस्तुलाई विश्व बजारमा पुर्‍याएर नेपालीको आयस्रोत वृद्धि गर्न सकिने पनि वस्नेतले बताएका छन् । त्यसैलाई मुर्तरुप दिएर नेपाली मौलिक खानाहरुलाई विश्वमा परिचित गराउने उदेश्यले स्थापना गरिएको ग्यासट्रोनोमी टुरिजम एसोसियसन नेपालले यहाँका मौलिक खाना प्रवर्धनका लागि आयोजना गर्न लागिएको खाना महोत्सवमा पैईचो, रैथाने एग्री प्रोडक्ट्स, कर्मशिल महिला अभियान नेपाल लगायतले विविध खानाको स्टल राख्ने अध्यक्ष बस्नेतले बताए ।

संस्थाका संस्थापक सदस्य अक्कल तामाङको संयोजनमा हुँने महोत्सव बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्दव प्रसाद खरेलले उद्घाटन गर्ने वृक्षालय रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।