Logo

बागमती पेज

चैत्र २६, २०७७ बिहीबार

किर्तिपुर नगरपालिकामा चित्रकला प्रदर्शनी सम्पन्न


काठमाडौं । नेपाल पर्यटन वोर्ड, किर्तिपुर नगरपालिका र Peace through Sports Commission को सहकार्यमा मगंलवार किर्तिपुर नगरपालिकामा  चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।

Peace through Sports Commission ले विशेषगरी किर्तिपुरको पर्यटन विकाशमा टेवा पुर्याउने हेतुले नेपाल पर्यटन वोर्डको सहयोगमा ‘City on the Hill’  नारा सहित  कार्यक्रम समापन गरिएको थियो ।

उक्त प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जिवन राम श्रेष्ठ रहेका थिए भने अध्यक्षता किर्तिपुर नगरपालिकाका प्रमुख तथा पिस थ्रु स्पोर्टस कमिशनका अध्यक्ष रमेश महर्जन रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले सो छोटो प्रदर्शनी मार्फत किर्तिपुरको साँकृतिक, जीवनशैली प्राकृतिक सम्पदालाई कला मार्फत ठूलो जमातमा पस्किने अवसर प्राप्त भएको र साथसाथै यसले किर्तिपुर क्षेत्रलाई पृथक रुपमा अन्य समुदाय समक्ष चिनाउने विश्वास लिएको बताए ।

त्यसैगरी किर्तिपुर नगरपालिकाका- उप प्रमुख सरस्वती खड्का, विभिन्न अग्रज कलाकारहरु र प्राज्ञहरुको उपस्थितीले कार्यक्रममा उर्जा थपिएको कार्यक्रम संचालिका तथा कमिशनका सचिव अन्जु भट्टराईले बताएकी छन्  ।

उक्त प्रदर्शनीमा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल किर्तिपुर झल्कने विभिन्न ४० वटा चित्रहरु राखिएको थियो । कार्यक्रम किर्तिपुर नगरपालिका वडा न. २ स्थित किर्तिपुरकै सवै भन्दा उचाईमा रहेको काःच्वा (उमामहेश्वर मिन्दर) परिसरमा भएको थियो ।