Logo

बागमती पेज

चैत्र २७, २०७७ शुक्रबार

टोखामा निःशुल्क कम्प्युटर तालिम सञ्चालन


काठमाडौं । टोखा नगरपालिका-५ को आयोजनामा निःशुल्क ३ महिने आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ ।

टोखा-५ का वडाध्यक्ष जगन्नाथ ढकालले टोखा नगर भित्र बसोवास गर्ने नागरिकहरुका लागि आधारभूत कम्प्युटर तालिम संचालन गरिएको जानकारी दिएका छन् । सो तालिममा २२ जनाले  सहभागी हुने अवसर पाएका छन् ।

अध्यक्ष ढकालका अनुसार बिहान र दिउँसो गरी दुई सिफ्टमा कम्प्युटर आधारभूत तालिम सञ्चालन भएको छ । वडा नं. ५ को बजेट तथा आयोजनामा सञ्चालन गरिएको ३ महिने तालिमको लागि ३ लाख बजेटको व्यवस्था गरिएको छ ।