Logo

बागमती पेज

चैत्र २८, २०७७ शनिबार

कपन साहित्य समाजको कविता क्यालेन्डर लोकार्पण


काठमाडौं । कपन साहित्य समाजको नियमित प्रकाशन कपन कविता क्यालेन्डर लोकार्पण गरिएको छ ।

२०६१ शाल देखि निरन्तर साहित्यको क्षेत्रमा कृयाशिल रहेको समाजको भवन बूढानीलकण्ठ-१० मा भएको लोकार्पण समारोहमा ५३ जना कवि कवियत्रीहरुको कविता सहितको भित्ते पात्रो सार्वजनिक गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता रहेको सो समारोहमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल, प्राज्ञ प्रा.डा. हेम नाथ पौडेल, समाजका संस्थापक अध्यक्ष मिठाराम अधिकारी लगायत अतिथि रहेका थिए ।

समाजका अध्यक्ष गणेश मिश्रको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा उपाध्यक्ष डा. बिष्णु केसीले स्वागत मन्तव्य राखेका थिए । महासचिव लक्ष्मण अधिकारीले संचालन गरेको सो कार्यक्रममा कविता वाचन पनि गरिएको थियो ।