Logo

बागमती पेज

चैत्र २९, २०७७ आईतबार

गाउँपालिका अध्यक्षको आरोपः विकासका नाममा कम्युनिष्टको विभेद…


सिन्धुली । नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले विकासका नाममा कम्युनिष्टहरुले विभेद गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस तिनपाटन गाउँपालिकाले शनिबार पार्टी प्रवेश कार्यक्रम सभापति शोम प्रसाद घिमिरेको सभापतित्वमा आयोजना गरेको थियो । गाउँपालिकाको वडा नम्बर ११ को हलिडाँडामा गरिएको कार्यक्रममा सुब्बा राउत र रमेश श्रेष्ठको नेतृत्वमा २३ जना नेकपा एमाले र माओवादी केन्द्र पार्टीका नेता/कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका सभापति थापाले भने, ’कम्युनिष्टले विकासमा विभेद गरेर समुदायमा विभाजनको रेखा कोरेको बताएका छन् । कम्युनिष्टले आफ्ना कार्यकर्ता, आफन्त र आसेपासे केन्द्रित विकास योजना बनाएर आसेपासे पुजीवादको विकास गरेका छन् ।’

थापा भन्छन्, ’जनताले बहुमतमा पुर्‍याएका कम्युनिष्टले सुशासन, समृद्धि, शान्ती र स्थिरताको गफ दिएर सत्ताको लुछाचुँडीमा लागेर आफ्नै वस्त्र खोलेका छन् ।’

आफुले नेतृत्व गरेको तिनपाटन सरकारले किसान, युवा, महिला, दलित, जनजाति र पिछडिएका समुदायको उत्थानको लागि उत्पादनमा जोडेर उधमी बनाउने कार्यक्रम बनाउन सक्रिय रहेको र तिनपाटनको हरेक नागरिकको जिवनस्तर उकास्नु र हरेक तिनपाटनबासीलाई ऋणमुक्त गराएर आत्मनिर्भर नागरिक बनाउनु नै आफ्नो सपना रहेको बताएका छन् ।

कार्यक्रमका अतिथि नानीराम कार्कीले कम्युनिष्टलाई छाल बेच्ने ठगको संज्ञा दिएका छन् । कम्युनिष्ट नेपालमा ठगको ठेगदार रहेको र कम्युनिष्टबाट जनताले ठगिनु बाहेक अर्को उपलब्धि हासिल गर्न नसकेको बताए ।

त्यसैगरी नेपाली कांग्रेसका गाउँपालिका सभापति सोमप्रसाद घिमिरेले सबैलाई मन्तव्य मार्फत कांग्रेस परिवारका सदस्य भएका सबै नवप्रवेशी साथीहरुलाई स्वागत गर्दै पालिकाको चौतर्फी सांगठनिक गतिविधिमा उर्जा सहित सहभागी हुन आग्रह गर्दै आगामी स्थानीय निर्वाचनमा तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस दुइतिहाईले विजय हुने समेत बताएका थिए ।