Logo

बागमती पेज

चैत्र २९, २०७७ आईतबार

सार्वजनिक जग्गा संरक्षमा उप-प्रधानमन्त्री पोखरेलको चासो


काठमाडौं । काठमाडौं महानगरपालिका -४ शंखपार्क विकास निर्माण तथा सार्वजनिक जग्गा संरक्षणमा उप-प्रधानमन्त्री ईश्वर पोखरेलले चासो दिएका छन् ।

शंखपार्कको निरीक्षणमा रहेका उनले शंखपार्क मात्र नभएर काठमाडौं महानगरपालिका -४ ले विशेष महत्वका साथ गरेको सार्वजनिक जग्गा संरक्षणमा आवश्यक सहयोग गर्ने वाचा दिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गरी विशेष योजना सहित अगढी बढ्न महानगरलाई अनुरोध गर्दै सार्वजनिक जग्गा खोज अनुसन्धान गरी संरक्षण गर्नु आजको महत्वपुर्ण काम रहेको बताए ।

काठमाडौं महानगरपालिका वडा नं ४ मा रहेको शंखपार्कको निरीक्षण गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले समग्र काठमाडौं क्षेत्र नं-५ मा रहेका विकास निर्माण र कामको अवस्था र प्रगतिको वारेमा जानकारी लिएका थिए ।

विकास निर्माणका कामलाई तीव्रता दिएको बताउँदै कामनपा-४ का वडाध्यक्ष मोहन विष्टले विकास निर्माणका करिव ९० प्रतिशत कामहरु सम्पन्न भएको बताएका छन् । अध्यक्ष विष्टले विकास निर्माणका काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सार्वजनिक जग्गा संरक्षण गर्ने र पार्क निर्माणका काममा अगाडी बड्ने योजना रहेको बताए ।

काठमाडौं महानगरपालिका वडा नं.४ भित्र ७२ रोपनी भन्दा बढी सार्वजनिक जग्गा संरक्षण गरी नेपाल सरकारको माताहतमा ल्याईएको छ वडाध्यक्ष विष्टले भने, ‘भू-माफियाले हडपी विभिन्न स्थानमा भोगचलन गर्दै आएको ७२ रोपनी भन्दा बढी सार्वजनिक जग्गा संरक्षमामा ल्याईएको हो ।’

शंखपार्कको निरीक्षणमा उपप्रधानमन्त्री पोखरेल सहित कामनपा-४ का वडाध्यक्ष मोहन विष्ट, वडा सदस्य धुर्व त्रिपाठी, धुर्व थपलिया, स्थानीय अग्रजहरु लगायतको उपस्थिति रहेको थियो ।