Logo

बागमती पेज

चैत्र २९, २०७७ आईतबार

देशी विदेशी प्रतिक्रियावादी मिलेर अनैतिक ढंगले पार्टी विभाजन गरे: अध्यक्ष प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्षले प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरे पनि आफूहरुले कम्युनिस्टहरु बीचको एकताको झण्डा उठाइरहनु पर्ने उल्लेख गरे ।

पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउदै उनले भने , ‘समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टी पुनर्मिलन गराउनु जरुरी छ ।’ उनले पार्टी एकता गरेर गल्ती गरेको र पार्टी एकता पनि आफूहरुले नटुटाएको बताएका छन् ।