Logo

बागमती पेज

चैत्र ३०, २०७७ सोमबार

प्रधानमन्त्री ओली अनुशासनहीन भएको जिल्ला सभापती बरालको आरोप…


सिन्धुली । नेपाली कांग्रेसका जिल्ला सभापति उज्ज्वल बरालले प्रधानमन्त्री केपी शर्मा ओली अनुशासनहीन भएर अनुशासनको पाठ पठाउँदै हिंडेको आरोप लगाएका छन् ।

सोही अवसरमा जिल्ला सभापती उज्ज्वल बरालले प्रधानमन्त्री केपी ओली आफू घोडेजात्रा लगायत सार्वजनिक सभा गर्दै हिंडेको र अरुलाई कोरोनाको मापदण्डको पालना गर्न फर्मान जारी गरेर स्वंय अनुशासनहीन भएको बताए थिए ।

निर्वाचित तरुणदलका कार्यकर्तालाई हौसल्ला दिदै सभापती बरालले युवालाई परिवर्तनको वाहक रहेको बताए । बीपीलाई सम्झिदै बरालले भने, ’वीपीले युवालाई विचार भरिएका आगोका ज्वाला हुन भन्नुभएको थियो, त्यसैले सामाजिक परिवर्तन र रुपान्तरणको लागि युवाहरुले उत्पीडितको आवाजलाई हावाको गतिमा न्यायको पक्षमा अगाडी ल्याउन सक्नुपर्छ ।’

त्यसैगरी संविधानसभा सदस्य तथा पुर्व जिल्ला सभापति मोहन वरालले ‘गणेशमान सिंहले भनेको जस्तो युवाहरु अर्को चुनावको लागि होइन अर्को पुस्ताको भविष्य सुरक्षित बनाउन लड्नुपर्ने आजको आवश्यकता हो ।’ भनेर बताएका थिए ।

तरुणदलका नगर सचीव सुरेश बुढाथोकीले संचालन गरेको कार्यक्रमको सभापति विष्णु बहादुर बुढाथोकी रहेका थिए । कार्यक्रममा अतिथिहरु प्रेमचन्द्र दाहाल, विनोद गुरुङ, गंगा दाहाल र कणर् थापा लगायतले नयाँ वर्षले पार्टीको आन्तरिक जीवनमा गतिशीलता, भातृत्व, एकता र सहकार्यताको भावना विकास गराउने अपेक्षा सहित शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस दुधौली वडा नम्बर ५ ले वडा सभापती मदन काफ्लेको सभापतित्वमा आयोजना गरिएको नयाँ वर्ष २०७८ सालको शुभकामना आदान-प्रदान तथा तरुणदल गठन कार्यक्रम भएको हो । तरुणदलका क्षेत्रीय सभापती सुजन थापामगर र नगर सभापति विश्वास शाही ठकुरीको उपस्थितिमा भएको कार्यक्रममा दुधौली नगरपालिका वडा नं. ५ तरुणदलको १३ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको थियो ।