Logo

बागमती पेज

बैशाख २, २०७८ बिहीबार

नेकपा एमाले जिल्ला अधिवेशन आयोजक कमिटीको सचिवमा दीपक निरौंला


काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला अधिवेशन आयोजक कमिटीको सचिवमा दीपक निरौंला चयन भएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकले काठमाडौंमा निरौला सहित अन्य जिल्लामा पनि सचिव चयन गरेको हो ।

२०५१ शालमा तत्कालीन काठमाडौं ३ नम्वर क्षेत्रिय विषेश जिल्ला कमिटी सदस्य बन्दै काठमाडौं जिल्लाको राजनीतिमा प्रवेश गरेका निरौंला लामो समय विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका थिए ।

काठमाडौं क्षेत्र नं ५ (२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित निरौला यस अघि नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका दीपक निरौंला बागमती प्रदेश सभामा नेकपा एमालेको संसदीय दलको सचेतक समेत बनीसकेका छन् ।