Logo

बागमती पेज

बैशाख २, २०७८ बिहीबार

नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय


काठमाडौं । वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ ।

महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बालकलाई बलात्कारको मुद्दा चलाउने गरिन्थ्यो ।

मुलुकी अपराध संहित–०७५बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार महान्यायाधिवक्ताको कार्यालयले त्यस्तो निर्णय गरेको हो । निर्णय अनुसार १८ वर्ष पुगेकी युवतीले नाबालकसँग जबर्जस्ती करणी गरेमा उनीबिरुद्ध यौन दुरुपयोगको मुद्दा लाग्छ । महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयसँग केटाले मात्रै बलात्कार गर्छन् भन्ने मान्यतामा ट्वीस्ट आएको छ ।

‘बालक र बालिका उपर पनि यौन दुरुपयोग गरेको उजुरी परेमा बयस्क महिला उपर मुद्दा चलाउने’ महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितीको निर्णयमा भनिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले अब अपराधको ठाउँमा कसुर र अपराधीको ठाउँमा कसूरदार शब्दावली प्रयोग गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, व्यक्तिबीचको ठगी मुद्दामा मिलापत्र गराउने निर्णय गरिएको छ ।