Logo

बागमती पेज

बैशाख ४, २०७८ शनिबार

स्पोर्ट्स कमसिनद्वारा निसहाय सेवा सदनलाई स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले ‘निसहाय सेवा सदन’ मा रहेका जेष्ठ नागरिकलाई १ महिनासम्म आवश्यक पर्ने औषधी, ह्वीलचेयर र मास्क प्रदान गरेका छन् ।

स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनले आयोजना गरेको उक्त कार्यक्रममा ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले निसहाय सेवा सदनका कोषाध्यक्ष शंकर प्रसाद गजुरेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै अध्यक्ष श्रेष्ठले आगमी दिनमा यस्ता सेवालाई ओलम्पिक कमिटिबाट निरन्तरता दिने पनि बताएका छन् ।

स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनका अध्यक्ष गोवद्र्धन श्रेष्ठले नयाँ वर्ष २०७८ को शुभकामनासहित आउने दिनहरुमा अन्य उपलब्धिमुलक कार्यहरु ल्याउने बताए । सेवा सदनका कोषाध्यक्ष गजुरेलले यस कार्यबाट खुशी छाएको र ओलम्पिक कमिटि र स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनलाई धन्यवाद ज्ञापन गरे ।

औषधी र ह्वीलचेयर कमिसनका सदस्यस प्रदीप कुमार राजभण्डारी र डाक्टर सन्जय विक्रम श्रेष्ठले सहयोग गरेका हुन् । कार्यक्रममा ओलम्पिक कमिटिका उपाध्यक्ष एवब् कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यसँगै कमिसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।