Logo

बागमती पेज

बैशाख १०, २०७८ शुक्रबार

धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते


धादिङ । धादिङको धुनिबेसी नगरपालिका ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस गएराति ९ बजे आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।