काठमाडौं । बूढानिलकण्ठ नगरपालिका भित्रका सबै वडाको विभिन्न स्थानमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन हुने भएको छ ।
बैशाख १३ गतेबाट प्रत्येक वडामा ३ देखि ५ स्थान सम्म विभिन्न मितिमा बिहान ११ः०० बजेदेखि ४ः०० बजेसम्म दर्ता शिविर सञ्चालन गरेर व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर गरिने बूढानीलकण्ठ नगरपालिका पञ्जिकरण शाखा प्रमुख सत्यराज जेशीले बागमती पेजलाई जानकारी दिएका छन् ।
जोशीले नगरपालिका भित्र बसोबास गरिरहेका कसैको व्यक्तिगत घटना दर्ता छुटेको भए शिविरमा आएर दर्ता गरि मौकाको फाईदा लिन अनुरोध गरेका छन् ।
व्यक्तिगत घटना दर्ता के हो ?
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाई सराइ जस्ता घटना घटेमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गई सूचाना दिने, दर्ता गराउँने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र किन आवश्यक पर्दछ ?
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्रप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न जरुरी पर्दछ ।
व्यक्तिगत घटना दर्ता कहाँ गर्ने ?
आफ्नो स्थानीय ठेगाना भएको वडामा तोकिएको सूचकले आवश्यक कागजात सहित घटना दर्ता गराउन सकिन्छ ।

सामाजिक सुरक्षा कार्यक्रम:
सरकारले निश्चित उमेर समूहका बालबालिका, ज्येष्ठ नागरिक, महिला, लोपोन्मुख जाति तथा अपाङ्गता भएका नगरिकको सम्भावित जोखिमको न्युनिकरण गर्न आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक सहयोगका निम्ति सामाजिक सुरक्षा भत्ता संचालनमा ल्याएको हो ।
लाभग्राहीले नाम कहिले र कहाँ दर्ता गराउने ?
सामाजिक सुरक्षा भत्ता प्रप्त गर्नका लागि तपशिल बमोजिमका मापदण्ड पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित दर्ता शिविर वा वडा कार्यालयमा निवेदन दर्ता गराई सामाजिक सुरक्षा परिचय पत्र लिन सकिन्छ ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा देशभर स्थानीय स्तरमा दर्ता शिविर सञ्चालन गर्न आह्वान भएअनुसार बूढानीलकण्ठ नगरपालिकामा पनि उक्त दर्ता शिविर सञ्चालन गर्न लागिएको हो ।
नेपाल सरकारको अन्तराष्ट्रिय प्रतिवद्धता सन् २०२४ सम्ममा व्यक्तिगत घटना दर्ता सत् प्रतिशत बनाउने उदेश्यले यो अभियान संचालन गरिएको हो ।
बूढानीलकण्ठमा दर्ता शिविर सञ्चालन हुने स्थानहरु :-
 
 

 
                            

 
            











 
             
             
             
            
प्रतिक्रिया दिनुहोस्