Logo

मेघनाथ पहाडी

बैशाख १५, २०७८ बुधबार

विपन्न जनताको आधारभूत समस्या पुरा गर्नु अहिलेको आवश्यक्ता हो : सांंसद राजन दाहाल


Rajan-Dahal-sindhuli सांंसद राजन दाहाल

सिन्धुली । बागमती प्रदेशका सांसद एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले विपन्न वर्गको आधारभूत समस्या पुरा गर्नु अहिलेको आवश्यक्ता रहेको बताएका छन् ।

उनले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) लाई ध्यानमा राखि स्वास्थ्य मापदण्ड अपनाउँदै लकडाउन नगरि अर्थतन्त्रलाई चलायमान राख्नुपर्ने धारणा व्यक्त गरेका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका दाहालले लकडाउन गरेर मात्र कोरोना महामारीको समस्या समाधान नहुने बताए ।

सांसद दाहालले भने, ‘विपन्न जनताको आधारभूत समस्या पुरा गरी पर्याप्त अक्सिजन वेड र भेन्टिलेटर मार्फत कोरोनामाथि विजय प्राप्त गर्नु नै अहिलेको आवश्यक्ता हो ।’

सांसद राजन दाहालले हालको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य मापदण्ड अपनाउँदै आवश्यक काम अनुसार आफैँ सतर्क भएर बस्न समेत अनुरोध गरेका छन् ।