Logo

बागमती पेज

बैशाख १६, २०७८ बिहीबार

कोरोना नियन्त्रणमा ध्यान दिन नगरपालिकालाई नेपाली कांग्रेसको सुझाव


काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले बूढानीलकण्ठ नगरपालिकामा कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि सुझाव दिएको छ ।

काठमाडौं क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठको नेतृत्वमा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेललाइ भेट्न पुगेको टोलीले आइसोलेसन सेन्टर व्यवस्थापन, कोरोना खोप सेन्टर बनाउन, आइसोलसन सेन्टर अक्सिजनसहितको व्यवस्थित बनाउन तथा नगरपालिकाले व्यवस्थित स्वयंसेवक खटाएर अगाड बढ्न सुझाव दिएको थियो ।

नगरपालिका पुगेको टोलीमा सभापति राजु श्रेष्ठ, प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, प्रदेश सभा सदस्य भीमसेन खत्री, नेका क्षेत्र नं ४ संगठन विभाग प्रमुख अच्युत पौडेल, नेका क्षेत्रीय सहसचिव रिता बुढाथोकी, तरूण दल बूढानीलकण्ठ अध्यक्ष राजुविक्रम थापा, तरूण दल जिल्ला सदस्य मन श्रेष्ठ लगायत सहभागी रहेका थिए ।