Logo

बागमती पेज

माघ २०, २०७९ शुक्रबार

साम्राज्ञी र जितु स्टारर ‘ह्यारी कि प्यारी’ आजबाट हलमा


काठमाडौं ।नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र कलाकार जितु नेपाल स्टारर चलचित्र ‘ह्यारी कि प्यारी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। लामो समयको प्रतीक्षापछि अब दर्शकले यस् चलचित्रलाई नजिकको सिनेमा हलमा गएर हेर्न सक्नेछन् ।

चलचित्रलाई सिङ्गल तथा मल्टिप्लेक्समा राम्रो शो दिइएको छ। कमेडी जनरामा आधारित यस् चलचित्रले आक्रमक ओपनिङ गर्ने आँकलन गरिएको छ। चलचित्रमा कपिल रिजालको कथा तथा निर्देशन रहेको छ।

बीआर प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा बिजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लिराम खनाल लगायतको अभिनय छ ।

चलचित्रमा नायिका रेखा थापालाई विशेष भूमिकामा देख्न सकिनेछ। सुदिप बराल, गिरिराज घिमिरे, कपिल रिजाल र अभिमन्यू निरवीको पटकथा तथा संवाद चलचित्रलाई सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।