Logo

बागमती पेज

बैशाख १९, २०७८ आईतबार

कोरोना विरूद्दको खोपमा निरन्तरता दिन जिपीके फाउन्डेशन अमेरीका च्याप्टरलाई क्विन्स अस्पतालको आग्रह


अमेरिका । कोरोना विरुद्धको खोपमा निरन्तरता दिन गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले मानविय सेवा र सहयोग अन्तर्गत आफुहरूले समुदायका महानुभावहरूलाई कोरोनाविरूद्द खोप दिने शिलसिलामा आईतबार फेरि क्विन्स अस्पतालकै आग्रहमा पाँचौपटक जमैकासँग समन्वय गरी स्वयंसेवकीय भुमीका निर्वाह गरेको छ ।

उक्त कार्यक्रममा फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवणर् लामा, प्रवक्ता एवं कार्यसमिती सदस्य रामचन्द्र अधिकारी, कार्यसमिती सदस्य ध्रुव क्षेत्री कुँवर, स्वयंसेवी द्वय टेम्बा नुर्वु लामा र तेज सुनार खटिएका थिए । करीव ५०० जना सेवाग्राहीहरूलाई लाईनमा मिलाउने, फर्म भराउने, भाषाजन्य सहयोग गर्ने लगायतका मानवीय सहायता गर्न उनीहरु लागि परेका थिए ।

हस्पिटलसँग समन्वय गरी छुट्टै सहायता डेक्स खडागरी विगत १ महिना अगाडिदेखी फाउन्डेशनले अग्रणी भुमीका निर्वाह गर्दै आईरहेको छ । फाउन्डेशनले हालसम्म प्रत्यक्ष रूपमा करीब १५०० जनालाई सहयोग गरेको जानकारी प्रवक्ता अधिकारीले बागमती पेजलाई दिएका छन् ।

फाउन्डेशनको मानवीय सहायता प्रति प्रशासन एवं खोप शाखा निर्देशक सरोजिनी कुमारले हस्पिटल प्रशासनले उच्च मूल्याँकन गरेको र आगामी दिनमा आवश्यक परेको अवस्थामा थप साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

उक्त कार्यक्रम गर्न पाएकोमा आफुहरू गौरवान्वित भएको कुरा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले बताए । फाउन्डेशनका कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आफु सदा सहयोग गर्न तयार रहेको कुरामा जोड दिएका थिए ।

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले क्विन्स हस्पिटल समुदाय सल्लाहाकार संचालक समितिका अध्यक्ष एवं क्विन्स डेमोक्रेटिक लिडर डा. एन्थोनी एनड्र्युज जुनियर, ग्रेगरी महावी, स्टेफेन मनरो, डा राव र सरोजीनी कुमार लगायत सम्पूर्ण प्रशासनप्रती धन्यवाद प्रकट गर्दै आफुहरूलाई यो मानविय सहयोगमा योगदान दिने मौका दिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।