Logo

मेघनाथ पहाडी

बैशाख २२, २०७८ बुधबार

भुल्के-तीनकन्या दोभानको झोलुङ्गे पुल उद्घाटन


सिन्धुली । फिक्कल गाउँपालिका वडा न १ को दुर्गम गाउँ भुल्के -तीनकन्या दोभानमा ट्रस्ट पुल उद्घाटन गरिएको छ । निर्माण सम्पन्न गरी जाचपास भएपश्चात गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले मंगलबार एक कार्यक्रमका बीच पुलको उद्घाटन गरेकी हुन् ।

उक्त पुल उद्घाटन पश्चात सिन्धुलीको फिक्कल गाउँपालिका-१ र उदयपुरको कटारी नगरपालिका -१३ को आवत जावतमा निकै सहज भएको उपाध्यक्ष पार्वती सुनुवारले बागमती पेजलाई जनाएकी छन् । स्थानीयको माग र आवश्यक्ता अनुसार पुल निर्माण सम्मपन्न गरिएको हो ।

नेपाल सरकारको जम्मा २७ लाख लगानीमा बनेको ३२ मिटर लामो भएको पुल उद्घाटन गर्दै फिक्कल गाउँपालिका उप-प्रमुख पार्वती सुनुवारले फिक्कलवासीका विभिन्न समस्या समाधान गर्न आफू सदै सकृय रुपमा लागी परेको बताईन् ।

सिन्धुली र उदयपुर जोड्ने सो पुल उद्घाटन भए पछि बर्षातको समयमा बालबालिकाको पढाईमा, र सम्पुणर् नागरीकको स्वास्थ्यमा सहजता भए संगै अन्य कामको लागि सम्पुणर्को जनजीवनमा निकै सहजता भएको स्थानीयहरु बताउछन् ।

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष भक्त ब सुनुवार, सचिब बुद्दिमायाँ सुनुवार (विमला), कोषाध्यक्ष मेग बहादुर सुनुवार लगायतको उपस्थिति रहेको थियो ।