Logo

बागमती पेज

बैशाख २२, २०७८ बुधबार

गोकर्णेश्वर-८ को वडा कार्यालय भवन शिलान्यास


काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बुधबार नगर प्रमुख सन्तोष चालिसेले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् ।

करिब २ करोड ६६ लाख १९ हजार ९सय ३७ रुपैया ६० पैसाको लागतमा साढे दुइतले भवन २०७८ साल चैत्र १५ गते सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको वडाध्यक्ष मनोजकुमार ढुंगानाको भनाई रहेको छ ।

बेसिगाउँमा बन्न लागेको सो भवन निर्माणको लागि २०७७ साल पौष २८ गते सम्झौता भई काम शुरु भए पनि सुर्य अस्त भएको कारण उक्त भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको थियो । आर एण्ड सी एस बिल्डर्स प्रालिले उक्त भवन समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको बताएको छ ।

भवन शिलान्यास कार्यक्रममा उप प्रमुख शान्ती नेपाल, समाज सेवी एबम नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभाग केन्दिय सदस्य बिमल ठकुरी,  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेष्ठ, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य सान्नानी लामा, वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, वडा सदस्य सोबिता मिजार गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी, समाजसेवी एबम डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल समाजसेवी लायन गंगालाल श्रेष्ठ लगायत कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको  थियो ।

भवन शिलान्यास पछिसंक्षिप्त कुरा गर्दै नगर प्रमुख शन्तोष चालिसेले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको बताएका छन् । वडा कार्यलय भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताउँदै ५ वर्ष भित्र ९ वटै वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्य लिएको छ । नगरपालिकाले लक्ष्य अगाडीनै सम्पूणर् वडा कार्यालय बनिसक्ने जानकारी गराए । त्यस्तै नगरप्रमुख चालिसेले गोकर्णेश्वर नगरपालिकाको ७ तले भवन जोरपाटी चोकमा निर्माण गरिने र त्यसको पनि चाडै शिलान्यास हुने जानकारी गराएका छन् ।

नगर प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुंगानाले भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समय भित्रै वडा कार्यालय भवन निर्माण गर्न निर्माण व्यवसायीलाइ आग्रह गरेको बताए । सुशासन पारदर्शिता र सदाचारका विषयलाई वडाले उच्च प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको बताउँदै विकास निर्माणको काममा पनि कसैलाई काखा र पाखा नगरी समान रुपमा सेवा प्रवाह गरेको जानकारी गराए ।

‘जनतालाई सेवा दिने कार्यालय व्यवस्थित हुनु पर्दछ,’ उनले भने,‘ जनताको करबाट भवन बन्ने भएकाले यो जनताकै घर हो, निर्माणदेखि रेखदेखमा जनताले पनि चाँसो दिनु पर्नेमा जोड दिंदै भवन भवन निर्माणमा निगरानी गर्न वडावासीलाई आग्रह गरेका छन् । लामो समयदेखि वडा कार्यालय भाडामा सञ्चालनहुँदै आएकाले भवन निर्माण गर्न लागिएको हो । उनले भने, हाल कोरोना भुसको आगो सरि फैलिएको हुँदा सम्पुणर् वडावासीलाई थप स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सुरक्षित रहन  आग्रह गरेका छन् ।