Logo

मेघनाथ पहाडी

बैशाख २३, २०७८ बिहीबार

बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको विधान २०७७ को दफा १३ बमोजिम सचेतकमा दीपक निरौलालाई मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरि आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी गराईएको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सचिव रहेका निरौला काठमाडौं क्षेत्र नं ५ (२ ) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।