Logo

बागमती पेज

बैशाख २५, २०७८ शनिबार

योगदान राष्ट्रको लागि मकवानपुरद्वारा स्वास्थ्यकर्मीलाई पिपिइ सहयोग


काठमाडौं । योगदान राष्ट्रको लागि अभियान मकवानपुरद्वारा १०० थान पिपिइ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरिएको छ । वैशाख २४ गते प्रतिष्ठानका अध्यक्ष सरोज प्रसाईलाई पिपिइ हस्तान्तरण गरिएको हो ।

अध्यक्ष प्रसाइले छोटो समयमा अतिआवश्यक पिपिइ उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । उनले  योगदान राष्ट्रको लागि अभियान मकवानपुरले पिसिआर मेसिन मर्मत गर्न सवारी साधको समेत उपलब्ध गराएकोमा आभार व्यक्त गरेका थिए ।

योगदान राष्ट्रको लागि मकवानपुर प्रमुख सल्लाहकार युवा समाजसेवी मिलन सेडाईले आफ्नो निजी सवारी साधनलाई बिरामीलाई अस्पताल पुर्याउन र अन्य सहयोगको लागि उपलब्ध गराएकोमा योगदान राष्ट्रको लागि अभियानले आभार प्रकट गरेको छ ।

योगदान राष्ट्रको लागि अभियानका केन्द्रिय अध्यक्ष ओम उप्रेतीले मकवानपुर जिल्ला कमिटीलाई उच्च मुल्यांकनको साथ हार्दिक धन्यवाद व्यक्त गर्दै आफू पनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित हुँदै समाजसेवा गर्न आग्रह गरेका छन् ।

उक्त अवसरमा योगदान राष्ट्रको लागि मकवानपुर जिल्ला अध्यक्ष अभिषेक उप्रेती, सचिव द्वय उद्धब ढकाल र ओम कुमार बोहरा तथा प्रमुख सल्लाहकार मिलन सेडाई लगायतको उपस्थित रहेको थियो ।