Logo

बागमती पेज

बैशाख २६, २०७८ आईतबार

तीनपाटन गाउँपालिका उपाध्यक्ष चढ्ने गाडी कोरोना सङ्क्रमितका लागि एम्बुलेन्स


सिन्धुली । कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्सको मात्रा पर्याप्त नभएपछि सिन्धुलीको तीनपाटन गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले आफूले चढ्दै आएको गाडी कोरोना सङ्क्रमित बिमारीको सहजिकरणका लागि दिने भएकी छन् ।

कोरोना सङ्मितको उद्धार तथा पहलको लागि उपाध्यक्ष तामाङले आफू चढ्दै आएको गाडी बिरामीको सेवाका लागि प्रयोगमा दिने भएकी हुन् । शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले चढ्दै आएको बा २ झ ४१६३ नम्बर को डबल क्याब बोलेरो गाडीको चाबी स्वास्थ्य शाखाका प्रमुख इन्द्र प्रसाद दुलाललाई हस्तान्तरण गरेकी थिईन् ।

उलने भनिन्, कोरोना सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण एम्बुलेन्स सहज रुपमा नपाईने तथा सजिलै अस्पताल तथा आइसोलेसनमा पुर्राउन समस्या भएका कारण आफूले चढ्ने गाढी जनताको सेवामा दिने भएकी हुँ ।

तीनपाटन गाउँपालिकामा हाल आफ्नै मातहतमा दुई वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।