Logo

बागमती पेज

बैशाख २६, २०७८ आईतबार

मदन भण्डारी फाउन्डेशन बूढानीलकण्ठको आपतकालीन रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । मदन भण्डारी फाउन्डेशन बूढानीलकण्ठको आपतकालीन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मदन भण्डारी रक्तसञ्चार कोष संयोजक प्रदिप डंगोलका अनुसार कार्यक्रममा १८ जनाले रक्तदान गर्दा १८ पाउण्ड रगत जम्मा गरिएको थियो । कोभिड-१९ महामारीको अवस्थालाई मध्यनजर गर्दै ब्लड बैंकमा समेत रगतको अभाव भएका कारण मदन भण्डारी फाउन्डेशन बूढानीलकण्ठले आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बूढानीलकण्ठ नगरपालिकाको प्रशासनिक भवनको प्राङ्गणमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

बागमती प्रदेशका मुख्य सचेतक तथा मदन भण्डारी फाउण्डेसन काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला,  फाउण्डेशन बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष कैलाश खड्का, बूढानीलकण्ठ मंदिर व्यवस्थापन समिति उपाध्यक्ष प्रकाश श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधी, समाज सेवि लगायतको उपस्थिति रहेको थियो ।