Logo

बागमती पेज

बैशाख २७, २०७८ सोमबार

बूढानीलकण्ठमा जहाँ युवा सक्रिय, त्यहा जनता सुरक्षित कार्यक्रमको शुरुवात


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१० मा जहाँ युवा सक्रिय, त्यहा जनता सुरक्षित भन्ने नाराका साथ डिसइन्फेक्टेन्ट कार्यक्रमको शुरुवात गरिएको छ ।

युवाहरुको सक्रियतामा वडाका नागरीकलाई कोरोना भाईरसबाट बचाउन बूनपा-१० भित्रका टोलटोलमा डिसइन्फेक्टेन्ट गरी उक्त कार्यक्रमको शुरुवात गरिएको जानकारी बूढानीलकण्ठमा जहाँ युवा सक्रिय, त्यहा जनता सुरक्षित कार्यक्रम संयोजक विवेक अधिकारीले बागमती पेजलाई जनाएका छन् ।

१२ जना युुवाहरुको सकृयतामा बूनपा १० भित्रका बस्तिहरुमा सोडियम हाईडोक्लोाईड स्प्रे गरेका हुन् । जसबाट १२ घण्टा सम्म सुरक्षित रहन सकिने समेत उनीहरुले जनाएका छन् ।

युवाहरुले आफ्नै पकेटको खर्चबाट आफ्नै ज्यानको जोखिम राखेर शुरुवात गरेको सामाजिक कार्यक्रमको लागि व्यवसायीहरु, विभिन्न दलका नेता, कार्यकर्ता, समाजसेवी लगायतले सहयोग गर्ने अपेक्षा समेत रहेको संयोजक अधिकारीको भनाई छ ।

सो टोलीले विगतमा पनि सामामाजिक कार्यक्रम गर्दै आएको छ । जसमा अघिल्लो वर्षको लकडाउनमा समेत जनताको खाना जनतालाई अभियान मार्फत निम्न आए भएका ज्याला मजदुरी गर्ने नागरीकलाई १० हजार वट्टा खाना वितरण गरेका थिए ।