Logo

बागमती पेज

बैशाख ३१, २०७८ शुक्रबार

सीईडीबी हाइड्रोको सेयर बाँडफाँड, भाग्यमानी ४ जनाले पाए ११/११ कित्ता


सीईडीबी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट गोलाप्रथाबाट बाँडफाँड गरिएको कम्पनीको आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताको दरले शेयर हात पारेका छन् । जस मध्य ४ जना भाग्यमानी आवेदकले ११/११ कित्ताका दर सेयर पाएका छन् ।

कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि १६ लाख ९० हजार ६९ जनाले दिएको आवेदनमा ४ हजार ४ सय ४२ जनाको आवेदन रद्द भएको छ भने, १६ लाख ८५ हजार ६ सय २७ जना योग्य भएकोमा २ लाख ३४ हजार १ सय ९५ जनाले मात्र सेयर पाएको विक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । बाँकी १४ लाख ५१ ह्जार ४०५ जनाको हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो । बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणका लागि आईपीओ जारी गरिएको थियो ।

आईपीओको नतिजा सिडीएसको वेबसाइट, मेरो शेयर बाट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।