Logo

बागमती पेज

बैशाख ३१, २०७८ शुक्रबार

सपथमा गएनन् यी मन्त्री : के थियो कारण ?


काठमाडौं । केपी ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएसँगै ओलीको नवगठित मन्त्रिमण्डलका सदस्यहरूलाई पनि पद तथा गोपनीयताको सपथ गराइएको छ ।

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । तर श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना भने सपथग्रहण समारोहमा उपस्थित भएनन् । दुवै मन्त्रीमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकोले दुवै मन्त्री आइसोलेसनमा छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि अस्वस्थताको कारण सपथग्रहणमा उपस्थित हुन नसकेको हो ।