Logo

मेघनाथ पहाडी

जेष्ठ १, २०७८ शनिबार

दक्षिणकाली नगरपालिका प्रमुख तथा उप-प्रमुखद्वारा आफुहरुले चढ्दै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत र उप-प्रमुख बसन्ती तामाङद्वारा नगरपालिकामा आफूहरुले प्रयोग गर्दै आएका २ वटा गाडी कोरोना संक्रमितलाई एम्बुलेन्सको रुपमा शुक्रबारबाट प्रयोग गर्ने घोषणा गरेका हुन् ।

नगरप्रमुख मोहन बस्नेतले बागमती पेजसँग कुरा गर्दै भने नगरवासीलाई समस्यमा परेको बेलामा साथ सहयोग हामीले गर्ने हो । हाम्रो सानो सहयोगले उहाँहरुलाई सहज हुन्छ भन्ने हिसाबमा हामीले यस किसिमको सहयोग गर्ने भएका हौं । नगरवासीको दुःख शुखमा हामी जनप्रतिनिधिले साथ सहयोग गर्न आवश्यक छ ।

त्यसैगरी उप-प्रमुख बसन्ती तामाङले कोरोना  संक्रमित तथा दीर्घ रोगीहरुको लागि थप सहयोग पुगोस् भनेर हामीले आफैँले चढ्दै आएको गाडी जनाताको सेवामा दिने भएका हौं । अहिले समस्यामा पर्दा पनि एम्बुलेन्स सहजरुपमा नपाईएका कारण कोरोना संक्रमितलाई एम्बुलेन्सको रुपमा गाडी प्रयोगमा दिने घोषणा गरेका छौं ।

अहिले देश कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । यसको प्रभाव देशका मुख्य शहरहरुमा बढि देखिएको छ भने विस्तारै अन्य साना शहर, गाउँहरुमा समेत देखिएको छ । त्यस्तै, अहिले काठमाडौं कोरोनाको उच्च जोखिममा रहेको छ । काठमाडौंका विभिन्नन नगरपालिकाहरु निषेधाज्ञाको पूणर्रुपमा पालना गर्न अनुरोध गर्दै अझ काडाई गर्ने तयारीमा जुटेका छन् ।

यसलाई मध्यनजर गर्दै दक्षिणकाली नगरपालिका प्रमुख तथा उप-प्रमुखले सङ्क्रमितलाई थप सहयोग हुने भएकाले आजबाट आफुले चढ्दै आएको गाडीलाई समेत एम्बुलेन्सको रुपमा शुक्रबारबाट निःशुल्क उपलब्ध गर्ने घोषणा गरेका छन् ।