Logo

बागमती पेज

जेष्ठ ५, २०७८ बुधबार

फिक्ककलको सक्रियताः अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा


काठमाडौं । सिधुलीको फिक्कल गाउँपालिकामा पहिलोपटक अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा आएको छ । फिक्कल-४ स्थित सुनकोशी माविमा अक्सिजन सहित १० वेडको आईसुलेशन संचालनमा ल्याईएको हो ।

फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीका अनुसार दोश्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण बढेसँगै गाउँपालिकाले निषेधाज्ञा गरेको र उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । अध्यक्ष कार्कीले सम्पुणर् पालिकावासीलाई स्वास्थ्य मापदण्ड अपनाएर उच्च मनोबलकासाथ बस्न समेत अग्रह गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार फिक्कलले आफ्नै प्रयासमा अक्सिजन र नर्सिङ सेवा सहितको आइसोलेसन बेड सञ्चालनमा ल्याएको हो । कोरोना पोजेटिभ देखिएर घरमा बस्न समस्याहुने नागरिकलाई यस आईसोलेसनमा राखिने समेत जनाईएको छ ।

दोस्रो लहरको कोरोना संक्रमित बिरामी बढेसँगै फिक्कल गाउँपालिकाको वडा नम्बर ४ खाङसाङमा रहेको सुनकोशी माध्यमिक विद्यालयमा अक्सिजनसहितको १० वटा आईसोलेसन बेड तयार गरिएको प्रवक्ता राजु बरालले बागमती पेजलाई जानकारी दिएका छन् ।