Logo

बागमती पेज

जेष्ठ १०, २०७८ सोमबार

नागार्जुनमा १९१९ जनमा कोरोना पुष्टि, ३१ जनाले ज्यान गुमाए


काठमाडौं । नागार्जुन नगरपालिकामा हाल सम्म १९१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्थास्थ्य प्रमुख शुसिला कठायतका अनुसार कोरोना संक्रमणमुक्त हुनेको संख्या ६४६ पुगेको र नगर भित्र हालसम्म ३१ जनाको मृत्यु भए सँगै सकृय संक्रमितको संख्या १२४२ पुगेको हो ।

नगरभित्र हाल सम्म संक्रमण हुनेमा १०९१ पुरुष र ८२८ जना महिला रहेको जनाईएको छ । स्वास्थ्य शाखाका अनुसार संक्रमण भएका मध्ये १२१८ जना होम आइसुलेसनमा रहेका छन् भने २४ जना अस्पतालमा भर्ना भएको जनाईएको छ ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?


कोरोनाको कहर पुन: बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरेको छ ।