Logo

बागमती पेज

जेष्ठ ११, २०७८ मंगलबार

तरुण दल काभ्रेका सभापती लामाले गरे ३५० बिपन्न परिवारलाई सहयोग


धुलिखेल । नेपाल तरुण दल काभ्रेका सभापती तथा यूवा नेता दावा लामाले कोरोना महामारीमा भुम्लु गाउँपालिका–३ र ४ बेखसिम्ले र सिम्थलीका तीन सय ५० अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

आईतबार सभापती लामाले गाउँपालिकाका बेखसिम्ले ३ र सिम्थली २ का अति विपन्न तीन सय ५० परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको गरेका हुन् । खाद्यान्यको साथै उनले कोरोना भाईरस नियन्त्रणमा केही सहज होस् भन्ने भावनाले माक्स, सेनिटाइजर लगायत आवश्यक औषधी पनि वितरण गरेका थिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्ट नेपालमा पनि फैलिएकाले मुलुकमा गत बैशाख १६ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न सरहरमा निषेधाज्ञा भएपछि सहरमा आएर केही कमाएर गाउँमा गुजारा चलाउनेहरुलाई अहिले एकदम संकट परेको छ । निषेधाज्ञाले गर्दा घरमा चामल सकिएर बिहान बेलुकाको छाक टार्न समस्या भइरहेका बेला समाजसेवी लामाले खाद्यान्न बितरण गर्दा गाउँलेहरुमा खुसी छाएको छ ।

मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि उनले राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने नेपाली कांग्रेस प्रतिनिधिसभा काभे–२ का प्रबक्ता तथा क्षेत्रिय सदस्य अन्जन राज खतिवडाले बताएका छन् ।