Logo

बागमती पेज

जेष्ठ ११, २०७८ मंगलबार

बादल हराउने खिमलाल देवकोटा पुगे देउवा निवास बूढानीलकण्ठ


काठमाडौं । हालै बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

मंगलबार बूढानीलकण्ठस्थित पुगेका उनलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा सभापति देउवा र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बधाई तथा शुभकामना दिएका थिए ।

सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ पनि उपस्थित थिए । देवकोटाले समसामयिक राजनीतिक विषयमा देउवा र खड्कासँग छलफल गरेका थिए ।

स्वतन्त्र रूपमा कलम चुनाव चिह्न लिएर उठेका देवकोटाले तत्कालीन गृहमन्त्री एवं एमाले उम्मेदवार रामबहादुर थापा बादललाई भारी मतले पराजित गरेका थिए ।

एमालेका माधव नेपाल निकट नेता देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले साझा उम्मेदवार उठाएको थियो ।