Logo

बागमती पेज

जेष्ठ १३, २०७८ बिहीबार

चितवनमा अखिल क्रान्तिकारीको रक्तदानः २९ पाउण्ड रगत संकलन


चितवन । लामो समयदेखिको बन्दाबन्दीका कारण रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले रक्तदान कार्यक्रम गरेको छ ।

कोरोनाभाइरस (कोभिड-१९) को कारण भएको निषेधाज्ञाका कारण रगतको निकै अभाव र समस्या परेको हुँदा बिरामीहरुलाई सहज होस् भन्ने उदेश्यले अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले बुधबार भरतपुरको सप्तगण्डकि क्याम्पसमा रक्तदान कार्यक्रम गरेको हो ।

संगठनका तत्कालिन केन्द्रीय सदस्य प्रज्वल शाहीको आजकै दिन २०७६ जेठ १२ गते सहादत भएको थियो । उनी लगायत महान शहिदहरुको सम्मान र सम्झनामा आयोजित रक्तदान कार्यक्रममा २९ पाउण्ड रगत संकलन गरिएको थियो ।

रक्तदान कार्यक्रममा प्रमुख अथिति नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज संदेश पौडेल, अथितिहरु संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई, चितवन जिल्ला सेक्रेटरी मीन प्रसाद सापकोटा, अन्तर्राष्ट्रिय विभाग सदस्य नारायण न्यौपाने, संगठनका केन्द्रिय सदस्य द्वय अटल शर्मा प्रभात भट्टराई, सप्तगण्डकी क्याम्पसका साहायक क्याम्पस प्रमुख नारायण न्यौपाने लगायतका विद्यार्थी नेता-कार्यकर्ताको सहभागिता रहेयो जनाईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सन्देश पौडेल आफैले रक्तदान रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने सम्भावना बढेको कारण देशमा रगतको अभाव हुन नदिन अखिल (क्रान्तिकारी)केन्द्रिय समितीको निणर्यअनुसार अखिल (क्रान्तिकारी)ले देशभर रक्तदान गरिरहेको छ त्यसैअनुसार चितवनमा पनि रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का उपाध्यक्ष क.रुद्र भट्टराईले अखिल क्रान्तिकारी जनताको हरेक समस्यामा सहभागी हुँदै आयको बताएका थिए । उनले आगामी दिनमा पनि जनताको बिचमा नै रहेर अघि बढ्ने प्रतिबद्धता पनि गरे । साथै जनता भोक र रोगले पिल्सिरहदा मौन र रमिते मात्र भएर बस्ने सरकारको भत्सर्ना समेत गरेका थिए ।

रक्तदान कार्यक्रमका अध्यक्ष अखिल (क्रान्तिकारी)का चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले सक्रियताका साथ सहभागी भै रक्तदान गर्नु हुने सम्पुणर्मा धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ, सहयोग एवं सहकार्यको लागि अपिल गरेका गरेका थिए ।

संयोजक लामाले रक्तदानको लागि फलफुल सहयोग गर्ने महानगर थोक तरकारी तथा फलफुल समितिका संचालक निर्देशक थिर प्रसाद धिताल, फलफुल व्यवसायी हरु देवराज लुइटेल, बिन्दा अर्याल, दोलराज पन्त, पानी सहयोग गर्ने ताज पानी उद्योग, जुस सहयोग गर्ने दिपक ढकाल र अण्डा सहयोग गर्ने रुपक काफ्ले लगायतलाइ धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।