Logo

बागमती पेज

जेष्ठ २३, २०७८ आईतबार

कपनमा पसलको ताल्चा फोरेर चोरी गर्ने चार जना पक्राउ


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित ह्याण्डबल ग्राउण्ड नजिक सोम बहादुर थापाको किराना पसलमा जेष्ठ २१ गते राती कोहि नभएको समयमा किराना पसलमा ताल्चा फुटाई चोरी गरि फरार रहेका चार जना पक्राउ परेका छन् ।

चोरी गरेर फरार मानिसहरुको खोजतलास गर्ने क्रममा जेष्ठ २२ गते बिहान ७:०० बजेको समयमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ कपन फैका चोक नजिकबाट चोरीमा संलग्न अजय मगर समेत ३ जना र वडा नं. १० कपन साततले नजिक बाट सुमग अधिकारीलाई चोरी गरिएको नगद, विभिन्न कम्पनिको रिचार्ज तथा अन्य सामान सहित पक्राउ गरिएको कपन प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई थप अनुसन्धानत तथा कारबाहिका लागि महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाडौं पठाईएको कपन प्रहरी प्रभागले जनाएको छ ।