Logo

बागमती पेज

जेष्ठ २३, २०७८ आईतबार

मृत्युमा पनि रमाएकाहरु देख्दा अचम्म लाग्छ !


आशिर्वादकै दियो धप्क्कै निभ्दा अलमलमा परेको छु ।
जिन्दगीकैअँध्यारो कालकोठरिमा पलपलमा मरेको छु ।
कस्तो नियतिकै बर्बादिले अंगालोमा सर्लक्कै बेरिदियो ।
नि शब्द मृत्युकै एकल निर्णयको करबलमा जलेको छु ।

जिउँदै मर्नु पर्ने समयको अन्तर्घातमा परेको छु ।
पीडाकै सिरानि हालेर कठोर यातना सहेको छु ।
भाग्यले ठगे पछि भविष्यको नतिजा नराम्रो भो ।
मृत्यु संग छलेरै बाँच्नु पर्दा को लाज धानेको छु ।

खै ! मृत्युमा पनि रमाएकाहरु भेट्दा अचम्म लाग्छ ।
भित्र खुसि बाहिर आँसु देखाउँने संग अचम्म लाग्छ ।
जिउँदोमा तिरस्कार मरे पछि धुप बालेको समाचार ।
वचन र व्यवहार दुबैअलग गर्ने देख्दा अचम्म लाग्छ ।

मुटुको स्पन्दन छुटेको रात के बाँचे होलार !
बेहोसमा थिएँ आँफै लाई के जाँचे होलार !
थोरै जहर पिउन विवस पारिएको मात्र हुँ !
भाग्यले एक्लै बनाउँदा त के नाँचे होलार !