Logo

बागमती पेज

जेष्ठ २५, २०७८ मंगलबार

वेताली रामेछाप सम्पर्क समाजद्वारा गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं । वेताली रामेछाप सम्पर्क समाज काठमाडौंद्वारा गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।

समाजका अध्यक्ष केशव प्रसाद घिमिरेको सक्रियतामा गोकुलगंगा अस्पतालका निमित्त १५ बेडका सम्पुर्ण सेटहरु लगायतका स्वास्थ्य समाग्री गोकुलगंगा गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठ र वडा नं. ३ वडाध्यक्ष नर विक्रम कार्की सहितको टीमलाई हस्तान्तरण गरेको संस्थाका सल्लाहकार परशुराम कार्कीले बागमती पेजलाई जानकारी दिएका छन् ।

१५ वटा बेड र बेडलाई आवस्यक सम्पुर्ण समान, साईड टेबल, निबुलाईजर, ग्लूको मिटर, अक्सिमिटर लगायतका आवश्यक स्वास्थ्य समाग्री सहयोग गरिएको सल्लाहकार कार्कीले बताएका छन् ।

काठमाडौं बेताली सम्पर्क समाजका अध्यक्ष केशव प्रसाद घिमिरेका अनुसार काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै आएका समाजसेवीहरुको सहयोगमा ६ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री अस्पताललाई सहयोग गरिएको छ । जिल्लावासीको उपचारमा थप सहयोग मिलोस् भन्ने उदेश्यले अस्पताललाई यस किसिमको सहयोग गरेको समेत उनले जनाएका छन् ।

गोकुलगंगा गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठले अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग जुटाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएकी थिईन् । उनले भनिन् नेपालमा मात्र नभएर कोभिड-१९ का कारण विश्वमा ठुलो प्रभाव परेको छ । यस्तो महामारीको समयमा आफ्नो गाँस कटाएर अस्पताललाई सहयोग गर्नुहुने सम्पुणर्मा आभारी छु ।

गोकुलगंगा-३ का वडाध्यक्ष नर विक्रम कार्कीले स्वास्थ्य सामग्री अस्पतालमा ध्यान दिएर सही रुपमा प्रयोग गर्न आग्रह गर्ने जनाएका छन् । आवश्यक्ता अनुसारका स्वास्थ्य समाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

बेताली रामेछाप सम्पर्क समाज रामेछापको बेतालीबाट काठमाडौं लगायत विभिन्न स्थानमा पेशा व्यवसाय गर्दै आएकाहरुको सामुहिक संगठन हो ।