Logo

बागमती पेज

जेष्ठ २५, २०७८ मंगलबार

आफ्नो क्षेत्रका जनतामाझ जनचेतना अभियानमा नेता श्रेष्ठ


काठमाडौं । नेकपा एमालेका नेता जीवन राम श्रेष्ठले आफ्नो क्षेत्रका जनतालाई कोभिड-१९ बारे जागरण गराउँदै स्वास्थ्य समाग्री वितरण गरेका छन् ।

नेता श्रेष्ठले कोभिड बारे जनचेतना दिँदै सङ्क्रमितको घर-घरमा पुगेर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गरेका हुन् ।

कोभिड सम्बन्धि जनचेतना अभियान आज काठमाडौं महानगरपालिका वडा नं. २० को भिमसेन स्थान कोहिती, जैसिदेवल, मजिपात र लाखेननीमा स्वास्थ्य समाग्री वितरण गरिएको हो । उक्त अवसरमा कामपा २० वडाका पूर्वअध्यक्ष बिजय कृष्ण श्रेष्ठ र स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

यसै गरि श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भुमा ५० बेडको आईसोलेसन केन्द्र समेत संचालन भएको छ ।