Logo

बागमती पेज

जेष्ठ २८, २०७८ शुक्रबार

कीर्तिपुर नगरपालिकास्थित ढल्पामाबाट चितुवाको छाला सहित दुई जना पक्राउ


किर्तिपुर नगरपालिका ३ स्थित रहेको ढल्पामाबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका ७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका १ घर भएका २३ बर्षीय गिरिजा सिंह ठगुन्ना सहित २ जनालाई हिजो बिहान पक्राउ गरिएको हो ।

प्राप्त जानकारी अनुसार महानगरीय प्रहरी वृत किर्तिपुरबाट खटिएको प्रहरीले उक्त छाला सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस घटनाबारे थप अनुसन्धान भैरहेको छ ।