Logo

बागमती पेज

असार ५, २०७८ शनिबार

गोकर्णेश्वर नगरपालिकामा भोलि निःशुल्क स्वास्थ्य शिविर हुदैँ


गोकर्णेश्वर नगरपालिका वडा नं ४ को स्वास्थ्य शिविर हुने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ।

वडा सचिब नवराज सेनले जारी गरेको उक्त सुचनामा मद्दत नेपाल संस्थाको सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा २०७८ साल असार ६ गते आइतबार बिहान १०ः३० बजे देखि ३ बजे सम्म ऐतिहासिक देशेगाउँ स्थित फल्चा मा निशुल्क स्वास्थ्य शिविरको साथै निःशुल्क औषधी समेत प्रदान गरिने हुँदा उक्त स्वास्थ्य शिबिरमा सहभागी भइ स्वास्थ्य लाभ लिन वडाबासीलाइ सार्वजनिक सूचना मार्फत अनुरोध गरेका छन्।

थप जानकारीको लागि वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ ९८४१३९७१०६ मा सम्पर्क गर्न सकिन्छ ।