Logo

बागमती पेज

असार १०, २०७८ बिहीबार

सिन्धुपाल्चोक बाढीपिडितलाई २० लाख सहयोग गर्दै टोखा


निरन्तर परेको बर्षाले गर्दा बाढी पहिरोको कारण यतिबेला सिन्धुपाल्चोकको अवस्था निकै दयनीय भएको छ । बर्षौदेखि सिन्धुपाल्चोकलले सम्हालेर राखेको सम्पत्तिसँगै मानवीय क्षति पनि भएको छ । यसैबिच टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ ।

सोमबार टोखा नगरपालिकाको ७० औँ नगर कार्यपालिकाको बैठकले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्चीमा गएको बाढी बाट पीडितजनतालाई राहत र उद्दारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखा नगरपालिकाले २० लाख सहयोग गर्न लागेको जानकारी दिइन् ।

टोखा नगरपालिकाले हेलम्बु गाउँपालिकालाइ १० लाख र मेलम्ची नगरपालिकालाई १० लाख प्रदान गर्न लागिएको हो। बाढीले मेलम्ची बजार डुवानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो ।