काठमाडौं । धुलीखेलका समाजसेवी रोशन श्रेष्ठको टिमले सिन्धुपाल्चोकका बाढीपिडितलाई राहत वितरण गरेको छ ।

विगतदेखि नै समाज सेवामा सक्रिय रहेका श्रेष्ठको टिमले सिन्धुपाल्चोकमा बाढीको प्रभावका कारण समस्यामा परेका स्थानीयहरुलाई सहयोग गरेका हुन् । मनिस बहादुर शाही, रोशन श्रेष्ठ र राजुजंग खड्काको आयोजनामा बाढी पीडितलाई सहयोग गरिएको हो ।
हेलम्बु र चनौटेका बाढी पीडितहरुको आवश्यक्ता अनुसार १६ वटा टेन्ट, १२० थान ब्ल्याङकेट, माक्स, सेनीटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको थियो । त्यसैगरी १०० घरपरिवारलाई चामल, नुन, तेल, आलु, चाउचाउ लगायतका अतिआवश्यकिय खाद्यन्न सामग्री वितरण गरिको समाजसेवी रोशन श्रेष्ठले बागमती पेजलाई जानकारी दिए ।

यस राहत वितरण कार्यक्रममा समाजसेवी सिर्जना शिंह, सपना जोशी र न्युरोडका उज्ज्वल बज्रचार्यको विषेश सहयोग रहेको जनाईएको छ ।
बाढी पीडितको सहयोगमा मल्हम लगाउन विभिन्न समाजसेवी, व्यवसायी, देश तथा विदेशबाट साथिहरुको पहलमा सहयोग गरिएको थियो ।

लकडाउनको समयमा समेत उनीहरुको टिमले बिहान बेलुका गाँस टार्न समस्यामा परेका ५०० परिवारलाई खाना बनाएर खुवाएको थियो । त्यसैगरी लकडाउनकै समयमा ७०० घर परिवारलाई राहत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्