Logo

बागमती पेज

असार १२, २०७८ शनिबार

१२ तले भवन खस्दा बेपत्ता हुनेको संख्या १ सय ५९ पुग्यो


१२ तले भवन खसेपछि अमेरिकाको मियामीमा बेपत्ता हुनेको संख्या १ सय ५९ पुगेको छ । यस घटनामा ४ जनाको मृत्यु भइसकेको छ ।मियामीका मेयर डेडीले बाँचेकाहरू भेटिने आश अझै बाँकी रहेको बताए ।

उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको र जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको खबर उनीहरुबाट प्राप्त भएको मेयरले बताए ।

बिहीबार बिहानै के कारणले यो ४० वर्ष पुरानो भवन ध्वस्त भयो भन्ने स्पष्ट भइसकेको छैन । यो भवन ढल्दा कतिजना मानिसहरु त्यहाँ थिए भन्ने पनि खुलिसकेको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडामा आपतकाल घोषणा गरिसकेका छन् । अब, संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फिमा) ले उद्धार कार्यमा राज्यका एजेन्सीहरुलाई सहयोग गर्नेछ ।

बिहीबार सयौं उद्धारकर्ताहरुले विशेष तालिमप्राप्त कुकुरहरुको सहयोगमा बाँचेकाहरुको खोजी गरे, ती उद्धारकर्ताहरुले सोनार क्यामेरा पनि प्रयोग गरेका थिए । पीडितहरु समक्ष पुग्नाका लागि उद्धारकर्ताहरुले भवनमुनीको अण्डरग्राउन्ड कार पार्कमा हुँदै सुरु खन्दै थिए ।