Logo

बागमती पेज

असार १४, २०७८ सोमबार

गोकर्णेश्वरमा नवराज बिकको सम्झनामा दिप प्रज्वलन


अघिल्लो बर्ष रुकुममा आफ्नी प्रेमिकालाई भेट्न जादाँ मारिएका नवराज विकको सम्झनामा गोकर्णेश्वरको जोरपाटीमा दिप प्रज्वलन गरिएको छ ।

जोरपाटीका दलित युवा अभियान्ता तथा नेपाली काङ्ग्रेसका युवा नेता बुद्वराज रिसालको संयोजकत्वमा युक्त कार्यक्रम आयोजना गरिएको हो।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगर प्रवक्ता मनोज ढुंगाना, वडा अध्यक्ष रमेस अर्याल लगायत मानव अधिकार तथा शान्ती समाजका पूर्व सभापति उत्तम पुडासैनी सहित दलित अभियान्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दलित अधिकार सम्बन्धी विभिन्न प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।