Logo

बागमती पेज

असार १५, २०७८ मंगलबार

७९ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ


मकवानपुरको राक्सिराङबाट ७९ किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर–५ परेवाभिर सडक खण्डबाट उक्त परिमाणको गाँजासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–९ बस्ने बर्ष २० को प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नम्बर–२ बस्ने बर्ष ४३ लालबहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १ बजेको समयमा परेवाभिरको सडक खण्ड हुँदै मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरीतर्फ ल्याउँदै गरेको लागुऔषध गाँजासहित २ जनालाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।

८/९ जनाको टोलीमा बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिडिरहेका व्यक्तिहरुलाई चेकजाँच गर्दा उनीहरुबाट उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरु मध्ये २ जनालाई प्रहरीले पक्राउ गरिएको र अन्य व्यक्तिहरु गाँजाको भारी फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।

फरार रहेका उनीहरुको खोजी कार्य भइरहेको र पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको उनले बताए ।