Logo

बागमती पेज

असार १६, २०७८ बुधबार

भरतपुर–काठमाडौँ उडान हुने


चितवन । भोलिबाट भरतपुर–काठमाडौँ उडान हुने भएको छ । सरकारले आन्तरिक उडान संचालन गर्न दिने निर्णयसंगै चितवनमा पनि उडान हुन लागेको हाे ।

चितवनमा बुद्ध एयरले मात्रै उडान भर्ने भएको छ । केही समयका लागि दिनमा ३ पटक मात्रै उडान हुने बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले बागमती पेजलाइ जानकारी दिएका छन् । बस्नेतले स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान भर्ने तयारी भइरहेकाे जनाए । उनले भोलि हुने उडानको सबै टिकट बुकिङ भइसकेको समेत बताएका छन् ।

कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारीसंगै आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय भएकाे थियो । अहिले कोभिड संक्रमितको संख्यामा केही कमी आएसंगै सरकारले हवाई उडान सुचारु गर्ने निर्णय भएकाे हाे निषेधाज्ञा पश्चात भरतपुरमा केही समयका लागि बुद्ध एयरको मात्रै उडान हुने भएको हाे ।

यति एयरलाइन्सले केही समय पछि मात्रै उडान भर्ने तयारी गरिरहेको यति एयरलाइन्स भरतपुरका प्रमुख अनुप ढकालले बताए । पुराना साना जहाजलाई विस्थापित गर्दै नयाँ जहाज ल्याउने तयारी भइरहेकाले केही समय उडान बन्द हुने ढकालले जानकारि दिएका छन् । भरतपुरमा बुद्ध र यति गरी दैनिक १० वटा उडान हुँदै आइरहेका थिए । निषेधाज्ञा पछिको बुद्ध एयरको भरतपुर–काठमाडौँ उडान तालिका पनि यस प्रकार रहेकाे छ ।
भरतपुरबाट काठमाडौँबाट
१, ११ः३० १०ः४५
२, ०१ः४० १२ः५०
३, ३ः५० ‌ ‌‌ ०२ः५०