Logo

बागमती पेज

असार १७, २०७८ बिहीबार

टोखा नगरपालिकाका युवा क्लवलाई खेलकुद सामाग्री वितरण


टोखा नगरपालिका वडा नं. ७ को रकममा आज टोखा नगरपालिकाभित्रका युवा क्लबहरुलाई खेलकुद सामग्री तथा ट्र्याकसुट बितरण गरिएको छ ।

यस्ता कार्यक्रमहरुबाट नगरभरिका खेलकुदप्रेमी युवाहरुमा हौसला प्राप्त हुने र खेलकुद क्षेत्र सबल र निखारिएर आउने आफुहरुलाई विश्वास रहेको टोखा ७ का वडाध्यक्ष नरोत्तम रानाले बताएका छन् ।

टोखा ७ को बजेट आयोजनामा यस्ता खालका कार्यक्रमहरु बर्षेनी हुँदै आएको र यस्ता कार्यक्रमहरुले आफुहरुलाई स्थानिय सरकार रहेको आभास दिलाउने गरेको स्थानिय युवाहरुले बताउने गरेका छन् ।

टोखा ७ कै बजेट सहयोगमा टोखा १ स्थित सामुदायिक बिद्यालयहरु झोर–महाङ्काल मा.वि. र बौडेश्वर मा.वि.का ६०० जना बिद्यार्थीहरुलाई विद्यालय सुरु हुने बित्तिकै बितरण गरिने गरि झोलाहरु तयारी अवस्थामा राखिएको छ ।