Logo

बागमती पेज

असार २४, २०७८ बिहीबार

अम्बिरको बढ्दो लोकप्रियताबाट अतालिए हिमशिखर, ओखलढुंगाको विकासमा बन्न थाले बाधक


प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको लोकप्रियताले गृह जिल्ला ओखलढुंगामा विपक्षी दलका नेताहरु अतालिएका छन् । जिल्लाकै अर्को क्षेत्रबाट निर्वाचित प्रदेश सभाका सांसद मोहनकुमार खड्का हिमशिखर सहितका नेताहरु मन्त्री गुरुङले जनताको माग अनुसारको विकास गरेर जिल्लामा लोकप्रिय बनेपछि त्यसलाई रोक्न लागिपरेका हुन् ।

प्रदेश सभा निर्वाचनमा एमालेकै भोट र एमाले नेताहरुसँगै दर्विलो साथबाट चुनाव जितेका मोहन खड्का अहिले प्रदेश १ का अर्थ समिति सभापति छन् । खड्का अहिले जसरी पनि प्रदेशका मन्त्री गुरुङको लोकप्रियतालाई कम गर्ने उपाय रचिरहेका छन् ।
अर्थ समितिको सभापतिका हैसियतमा सरकारी सेवा सुविधा उपभोग गर्दै सरकारकै विरोधमा गरिरहेका छन् ।

मन्त्री गुरुङले पछिल्लो समय जिल्लाका दुुवै निर्वाचन क्षेत्रमा सकृय भएर विकास गर्न थालेपछि पदमा बसेर पनि जनताको काम गर्न नसक्दा आफ्नो संकटमा परेको अस्तित्व जोगाउन सांसद खड्का सडक देखि सदन सम्म मन्त्री गुरुङको विरुद्धमा बोलिरहेका छन् ।

खड्काले मन्त्रीको मात्रै विरोध गरेका छैनन् जिल्लाको विकास गर्न आएको बजेटको पनि आलोचना गरिरहेका छन् ।

मन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट ल्याएको भनेर विरोध गरेका खड्काले निर्वाचित भएदेखि हाल सम्म कुनै गतिला योजना ल्याउन सकेका छैनन् ।

मन्त्री गुरुङ, मुख्यमन्त्री शेरधन राईलगायतलाई कमिसन खाएर जनताको काम नगरेको सांकेतिक रुपमा आरोप लगाउँदै खड्काले प्रदेश सभा बैठकमै कुरा उठाए । ओखलढुंगामा बढी विकास बजेट ल्याएको भन्देै मन्त्री गुरुङले जिल्लामा ल्याएको बजेटको आलोचना गरे । अन्य जिल्लाको उदाहण दिँदै ओखलढुंगामा अन्यत्र भन्दा बढी बजेट ल्याएको भन्दै त्यसको चर्को स्वरमा विरोध जनाए । जिल्लाको विकास गर्न पहल गर्नुपर्ने सांसदले आएको बजेटकै विरोध गरेपछि जिल्लाबासीले जिल्लाको विकास विरोधी नेताको रुपमा व्याख्या गर्न थालेका छन् ।

सदनमा ओखलढुंगाको विकास र मन्त्रीले जिल्लामा ल्याएको बजेटको विषयमा असभ्य रुपमा प्रस्तुत भएका खड्कालाई मन्त्री गुरुङले उस्तै शैलिमा जवाफ दिए । कमिसन खाएको, मनलाग्दी गरेको आरोप लगाएका सांसद खड्कालाई मन्त्री गुरुङले भिजन नभएको नेताको संज्ञा दिएका थिए । सभामुखले ४ पटक रुलिङ गर्दा पनि मन्त्री गुरुङले सांसद खड्काले सोधेको प्रश्नको कडा शब्दमा जवाफ दिएका थिए ।

सोही भनाई प्रति आपत्ति जनाउँदै केही दिन माओवादी केन्द्रले संसद अवरुद्ध गरेको थियो ।

मन्त्रीले व्यक्तिगत रुपमा गाली गलौच गरेकाले माफि माग्नुपर्ने माग राखेको माओवादी केन्द्रले अन्ततः सभामुखको रुलिङ पछिको मन्त्रीको भनाई संसदको रेकर्डबाट हटाएपछि सदन चल्न दिएको छ ।

मन्त्रीले माफि माग्नुपर्ने सहितका माग राखेको माओवादीले आफ्ना सांसद खड्काले पनि अमर्यादित टिप्पणी गरेको निष्कर्ष निकालेको थियो ।

सभामुखले सदनमा संसदिय मर्यादालाई ख्याल राखेर बोल्न सांसदहरुलाई रुलिङ गरिसकेका छन् ।